सप्तरीमा आफ्नै श्रीमतीको हत्या
सप्तरी | असार २०, २०८०
सप्तरी: आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका इनरदेव चौधरी रहेका छन् ।
चौधरीलाई प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
किरण कुमारीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारी अस्पताल गरेपश्चात चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यसपछि इनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफ्नो संगल्नता रहेको बयान दिएका थिए ।
सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

